सोलुखुम्बु । इलाका प्रशासन कार्यालय सोताङबाट सेवा प्रवाह सुचारु भएको छ । शाखा अधिकृत होम बहादुर विश्वकर्माको कार्यकाल सकिएसँगै रोकिन पुगेको सेवा सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालद्वारा पुनः सुचारु भएको हो । बुधवार पहिलो दिन ४५ जनाले सेवा लिएका हुन् ।
कार्यालयबाट सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिकाका २५ जनालाई नागरिकता तथा २० जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको कार्यालयले जनाएको छ ।
उक्त सेवा बिहीबार(आज) र शुक्रवार(भोली) सम्म प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले बताए ।
