७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुहिने र नकुहिने फोहोर सङ्कलन गर्न बिन राख्दै महानगर

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेका कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन गर्ने भएको छ ।

जसका लागि महानगरले एक हजार ९ सय ५० सेट फोहोर सङ्कलन बिन राख्न लागेको छ । एउटा सेटमा दुई वटा बिन हुन्छन् । यसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहोरका लागि हो ।

महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले भने, ‘उत्पादन भएकै ठाउँमा फोहोरलाई छुट्याएर प्रकृतिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने योजनाअनुसार बिन राख्न लागिएको हो । स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन भयो भने व्यवस्थापनमा सहज हुन्छ ।’

महानगरपालिका सबै ठाउँमा एकै पटक काम गर्दा परिणाम हाँसिल गर्न कठिन हुने भएकोले नमूनाका रुपमा महानगरको वडा नम्बर २७ बाट वर्गीकरण भएको फोहोर मात्र सङ्कलन गर्न लागेको श्रेष्ठले जानकारी दिए ।

‘हामीले घरदैलो कार्यक्रममार्फत उत्पादकलाई वर्गीकरण विधिमा सचेत गराउँदैछौँ’ । छुट्टिएको फोहोर छुट्टाछुट्टै सङ्कलन गर्न रङ्ग सङ्केतसहितको सवारी साधन तयारी गरिसकेका छौँ । घरघरमा फोहोर वर्गीकरण गरेजस्तै सार्वजनिक स्थलमा उत्पादन हुने फोहोरलाई पनि कुहिने र नकुहिने गरी छुट्टाछुट्टै भाँडामा सङ्कलन गर्न लागेका हौँ ’ श्रेष्ठले भने ।

महानगरले राख्न लागेको सेटहरू दुई प्रकारका हुन्छन् । पहिलो खाले सेट सानो आकारको र त्यसमा राखिने एउटा बिनको क्षमता ७० लिटरको हुनेछ । १ दशमलव २ मिटर उचाइ, १ दशमलव २३ मिटर चौडाइ र २५ दशमलव ५५ किलोग्राम तौलको फलामे स्ट्याण्डमा बिन राखिनेछन् । यसमा राखिने स्ट्याण्डको मूल्य ५ हजार १५० रुपैयाँ र डस्टबिन प्रतिगोटा मूल्य २ हजार ९५० रुपैयाँ हो । यस्ता बिन सार्वजनिक स्थलमा तीन सय सेट राखिनेछन् ।

मध्यम आकारका सेटमा १ दशमलव ३ मिटर चौडाइ र १ दशमलव ४ मिटर उचाइ भएको स्ट्याण्ड हुनेछ । १२५ लिटर क्षमताका दुई वटा बिन राखिनेछन् । यसमा प्रयोग हुने स्ट्याण्डको मूल्य ५ हजार ४५० रुपैयाँ र बिनको मूल्य ३ हजार ८९० रुपैयाँ पर्छ ।

विभागकाअनुसार यो मूल्य कर बाहेकको हो । खुला प्रतिस्पर्धाबाट लिइने यी सामग्रीमध्ये केही सेट महानगरपालिकामा आइसकेको छ । यी सेटहरू वडासँग समन्वय गरेर फोहोर व्यवस्थापन कार्यमा खटिने नाइकेहरूको जिम्मामा सार्वजनिक स्थानमा राखिनेछ ।

प्रतिक्रिया दिनुहोस