काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बयान लिइएको छ । ललितपुरको बालकुमारी घटनाबारे छानबिन गर्न बनेको आयोगले मन्त्री ज्वालाको बयान लिएको हो ।
यसै साता मन्त्री ज्वालाको बयान लिएको आयोगले जनाएको छ । मन्त्री ज्वालाको बयानसँगै अब आयोगले छानबिनको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।
गत पुस १३ गते बालकुमारीमा प्रहरीले गोली चलाएको थियो सोही क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो ।