७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माघमै ढकमक्क फुल्यो लालीगुराँस

अ+ अ-

मुगु । मुगुसहित कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रमा गुराँस फुल्न थालेका छन् । यो वर्ष चैतमा फुल्ने लालीगुराँस माघमै फुलेको छ । गुराँस फुल्ने मौसम फागुनदेखि चैत,वैशाख महिना भए पनि माघ पहिलो सातादेखि वनभरि ढकमक्क गुराँस फुलेपछि मुगुका स्थानीय अचम्मित भएका छन् ।

‘पहिले पहिले चैत वैशाखमा लालीगुराँस फुल्ने गर्थ्यो यो वर्ष त माघमै फुल्यो आश्चर्य भएको छ’ छायानाथ रारा नगरपालिका ११ का स्थानीय दान बहादुर सावतले बताए । मुगुमा गुराँसजस्तै अन्य बोटबिरुवामा पनि नयाँ पालुवा लाग्न थालेको स्थानीयहरू बताउँछन् । चैतमा फुल्ने स्याउ पुसमा नै फुलेर स–साना दाना समेत लागिसकेको स्थानीय सावतले बताए । 

यो वर्ष हिमपात र पानी पनि समयमै परेको छैन । जलवायु परिवर्तनको असरका कारण हिमाली भेगमा मौसम अगावै गुराँस फुल्ने र फलफूलका बोटमा दाना लाग्न थालेका छन् ।  अघिल्ला वर्षहरूमा मङ्सिर पुसमा हिमपात हुने गरेको भएपनि यो वर्ष मुगुमा छुटफुट हिमपात मात्रै भएको र हिउँदे वर्षा पर्याप्त नहुँदा खेतीपाती राम्रो नहुने स्थानीय बताउँछन् । 

प्रतिक्रिया दिनुहोस