१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी पार्टीमा पुस्तान्तरणको बहस  

अ+ अ-

काठमाडौँ । विधान अधिवेशनको तयारीमा जुटेको माओवादी केन्द्रभित्र युवा पुस्तालाई नेतृत्वमा ल्याउने बाटो कसरी सहज बनाउने भन्ने बहस अघि बढेको छ । शनिबार पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकमा यसबारे छलफल भएको नेताहरुले बताएका छन् । 

बैठकपछि उपमहासचिव वर्षमान पुनले युवालाई नेतृत्वमा ल्याउन पार्टीभित्र बहस भइरहेको बताएका छन् । ‘हामी विधान अधिवेशनको तयारीमा छौँ, यसमा मुख्यगरि नेतृत्वको चयन कसरी गर्ने भन्ने नै हो । महाधिवेशनले नै निर्वाचन गरेर नेतृत्व चुन्ने विषय अहिलेसम्म हामीले अभ्यास गर्दै आएका छौँ,’ उनले भने, ‘यसलाई अझ कसरी व्यवस्थित गर्ने, कि जसबाट युवा नेतृत्व आउन सकोस् र हाम्रो जस्तो खालको सामाजिक वनोट छ त्यो पनि देखियोस् र नेतृत्वको पंक्ति निरन्तर तयार भइराख्ने वैज्ञानिक विधि होस् भन्ने हाम्रो बहसको मुख्य विषय हो ।’ 

नेतृत्वमा नयाँ पुस्ता ल्याउन स्पष्ट पद्धति निर्धारणका वषियमा छलफल चलेको उनले बताए । ‘प्रत्यक्ष रुपले नै सबै तहका नेतृत्वहरु चयन गरेर जाने हो भने अहिलेको जनताको जनमत पनि व्यक्त हुने, विभिन्न पुस्ता पनि पार्टीमा हुने एउटा खालको बहस छ,’ उनले भने, ‘व्यक्तिवादी भन्दा पनि एउटा स्पष्ट पद्धति बसेपछि त्यसले नेतृत्व आफैँ तयार हुन्छ त्यसमा बहस गरिरहेका छौँ ।’ 

यस्तै, पार्टीका अर्का नेता जनार्दन शर्माले संविधानले मार्गनिर्देश गरेका कुरालाई आत्मसात गरेर त्यसलाई कार्यान्वयन गर्नु पार्टीको आज आवश्यकता भएको बताए । ‘हाम्रो पार्टीको विधि, संरचना, स्वरुपहरुलाई बढाउनु पर्ने अवस्था भएको हुनाले हामी अहिले त्यसैमा छलफल गरिरहेका छौँ,’ उनले भने, ‘यो भनेको नयाँ तरिकाले जनताको बीचमा समर्पित हुने एउटा उद्देश्यमा केन्द्रित भएर हाम्रो बहस भइरहेको छ । हामीले विधानमा को मान्छे के भनेर होइन, विधान नयाँ पुस्ता, सपनासहितको शक्ति पनि पार्टीको नेतृत्वमा आउनुपर्छ भनेर छलफल भइरहेको छ ।’ 

प्रतिक्रिया दिनुहोस