काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको साँखु स्थित शालीनदी पुगेर श्रीस्वस्थानी तथा माधवनारायणको पूजा अर्चना गरेका छन् ।
आइतबार धर्मपत्नी राधिका शाक्यसहित साँखु शालीनदी पुगेका अध्यक्ष ओलीले श्रीस्वस्थानी र माधवनारायणको मन्दिरमा पूजा गरेका हुन् । झन्डै आधा घण्टा उनले पूजा गर्नुका साथै शालीनदी मेलाको अवलोकन गरेको बताइएको छ ।