काठमाडौँ। क्यानडाविरुद्धको तीन खेलको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा नेपालले दोस्रो विकेटका लागि सतकीय साझेदारी गरेको छ।
प्रारम्भिक ब्याट्सम्यान अनिल शाहले भीम सार्कीसँग दोस्रो विकेटका लागि सतकीय साझेदारी गरेका छन्। क्यानडाविरुद्धको एक दिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालका शीर्ष क्रमका ब्याटर भीम सार्कीले अर्धशतक बनाएका छन् ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट भीमले ७८ बलमा पाँच चौकासहित ५० रन पूरा गरेका हुन् । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भीमको यो चौथो अर्धशतक हो ।
नेपाली टिमको खातामा अर्का ओपनर कुशल भुर्तेलले १३ रन थपेका थिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रनको योगफल खडा गरेको थियो ।