८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

अ+ अ-

काठमाडौँ । आज फेब्रवरी १३ अर्थात् विश्व रेडियो दिवस मनाइदैँछ । ‘रेडियो र विश्वास’ भन्ने नाराका साथ आज विश्वभर यो दिवस मनाइदैँछ । नेपालमा पनि रेडियोकर्मी र सम्बद्ध संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । 

नेपालमा खास गरी १० वर्षे  सशस्त्र द्वन्दका बेला नेपालका रेडियोहरूले पुर्‍याएको योगदान र शान्ति प्रक्रियामा रेडियोले गरेको योगदान इतिहासमा सुवर्ण अक्षरले लेखिएको छ । देशका कुना कन्दरासम्म पुगेको रेडियो प्रसारण अहिले पनि उत्तिकै लोकप्रिय छ । 

आज सामुदायिक रेडियोहरूको छाता संगठन, सामुदायिक रेडियो प्रसारक संघले विभिन्न कार्यक्रम गरी रेडियो दिवस मनाउन लागेको छ । दिवसका अवसरमा अर्थमन्त्री प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमको आयोजना गरिएको सामुदायिक सूचना नेटवर्क (सीआइएन)का सम्पादक लक्ष्मण कार्कीले जानकारी दिए । 

नेपालमा भने वि.सं. २००२ सालमा काठमाडौंमा रेडियोको प्रसारण सुरु गरेको थियो भने रेडियो नेपालको औपचारिक प्रसारण भने २००७ साल मंसिर २८ गतेदेखि भएको थियो । 

एफएम रेडियोको प्रसारण भने २०५२ सालपछि सुरु भएको हो । विश्वमा भने व्यावसायिक रेडियो प्रसारण सुरु भएको करिब एक शताब्दी नै बितिसकेको छ । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुवरी १३ तारिखलाई रेडियो दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस