काठमाडौँ । औषधि व्यवस्था विभागले लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक लगाएको छ । विराटनगरको निपोन फार्मास्युटिकल्सबाट उत्पादित एक ब्याचको लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक लगाएको हो ।
इभोरिन सिरप नामको औषधिको ब्याच नम्बर बीएलईएन ००१ लाई बिक्रीमा रोक लगाइएको विभागले जनाएको छ ।
विभागका अनुसार राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणका क्रममा औषधिको प्याकिङमा चुहावट भेटिएपछि अर्को आदेश नभएसम्म उक्त औषधि बिक्री वितरण नगर्न भनेको हो ।
