काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दामा सुनुवाइ सकिएको छ । माघ २ गतेदेखि निरन्तर सुनुवाइ भएको सो मुद्दाको सुनुवाइ मंगलबार सकिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।
प्रवक्ता कार्कीका अनुसार भोलि (बुधबार) फैसला सुनाउने तयारी अदालतको छ ।
यसअघि जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाडेको थियो ।
सम्बन्धित समाचार : मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा रिहा गर्न आदेश