७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऐनापोखरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

अ+ अ-

फिक्कल । इलामको चुलाचुलीस्थित ऐनापोखरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न थालिएको छ । चुलाचुली गाउँपालिका–३ र ४ को सङ्गमस्थलमा पर्ने ऐनापोखरीको संरक्षण र प्रवर्द्धनको काम भइरहेको हो ।

ऐनापोखरीले पछिल्लो समय पर्यटकको मन जित्न थालेकाले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । ‘यस क्षेत्रमा पर्यटक आउन थालेपछि सहजताका लागि सडक निर्माण गरिएको छ’, उनले भने, ‘आउँदो दिनमा अन्य पूर्वाधारका काम गर्दै जानेछौँ ।’ चुरे क्षेत्रमा संरक्षण गरिएको पोखरी हेर्नका लागि पनि महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।

ऐनामा हेर्दा अनुहार देखिएजस्तै पानीमा आफ्नो अनुहार देखिने भएकाले ऐनापोखरी नामाङ्करण गरिएको किंवदन्ती रहेको केरुङले जानकारी दिए । उनका अनुसार सिमसार क्षेत्रभित्र नागबेलीजस्तो देखिने पोखरी यस क्षेत्रकै भिन्न विशेषता रहेको छ ।

ऐनापोखरी संरक्षणका लागि स्थानीय सरकारले तत्परता देखाउनुपर्ने ऐनापोखरी तथा श्रम पार्कका अध्यक्ष कैलास थुलुङले बताए । पोखरी संरक्षणका लागि ड्याम, शौचालय, पोखरी वरिपरि पदमार्ग निर्माणलगायत काम चाँडो गरे पर्यटकलाई सहज हुने उनको भनाइ थियो ।

ऐनापोखरी पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । चुरे वनको फेदीमा पर्ने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको भीड लाग्ने गरेको छ । वरिपरि पहाडका डाँडा र हरियाली वनजङ्गलको बीचमा पर्ने यस क्षेत्र जैविक विविधता, प्राकृतिक सौन्दर्य र भौगोलिक सहजताले पर्यटकका लागि उपयुक्त मानिन्छ ।

यस क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हिजो फागुन १ देखि प्रथम ऐनापोखरी महोत्सवसमेत सुरु भएको छ । विभिन्न चराको बासस्थान, जैविक र पर्यावरणीय दृष्टिकोणले महत्त्वपूर्ण यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सात दिने महोत्सव आयोजना गरिएको आयोजक समितिका अध्यक्ष कैलाश थुलुङले जानकारी दिए ।

यही फागुन ७ गतेसम्म सञ्चालन हुने महोत्सव अवधिभर खेलकुद प्रतियोगिताका साथै स्थानीय मौलिक संस्कृति, कला, साहित्य, सङ्गीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनको प्रयास गरिने उनले बताए ।

अध्यक्ष थुलुङका अनुसार महोत्सवमा लिम्बू जातिको धाननाच, पालाम, च्याब्रुङ नाच, राई जातिको साकेला नाच, तामाङ जातिको सेलो, मगर जातिको मारुनी, खसआर्यको सङ्गिनीलगायत प्रस्तुत गरिनेछ । प्रत्येक दिन फरक-फरक जातजातिको पहिचान र संस्कृति झल्कने झाँकीसहित भेषभूषा प्रदर्शन गरिने उनले जानकारी दिए ।

ऐनापोखरी पुग्न इलाम सदरमुकामबाट झापाको बिर्तामोड हुँदै करिब एक सय २० किलोमिटर यात्रा गर्नुपर्दछ । यता झापाको दमकबाट करिब २० किलोमिटर र बिर्तामोडबाट करिब ४० किलोमिटर पार गरेपछि ऐनापोखरी पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस