८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यानडामा भएको दुर्घटनामा दुईजना नेपाली विद्यार्थीको मृत्यु

अ+ अ-

काठमाडौँ । क्यानडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार भएको सवारी दुर्घटनामा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

लण्डनबाट उत्तर दिशामा रहेको हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र इडर्टन रोड क्षेत्रमा तीन वटा कारहरू दुर्घटनामा परेको अन्टारियो प्रोभिन्सियल पुलिसले जनाएको अन्टारियोमा रहेका नेपाली बेनुपराज भट्टराईले जानकारी दिए ।

त्यहाँ रहेका नेपालीले दुर्घटनामा पर्नेहरू उच्च शिक्षा अध्ययन गर्न पुगेका नेपालीहरू रहेको उल्लेख गरेका छन् ।

घटनामा १० जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । तीमध्ये दुई जनाको अवस्था सिकिस्त रहेको जनाइएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुको युवती रहेको खुलेको छ । स्थानीय प्रहरीले गोपनीयताका कारण उनीहरुको नाम भने सार्वजनिक नगरेको भट्टराईले बताए ।

उनीहरू लण्डनस्थित फेन्सअ अलेजमा अध्ययनरत विद्यार्थी रहेको जनाइएको छ ।

स्थानीय एक मोटर पार्ट्स कम्पनीमा आंशिक समय कार्यरत उनीहरू बिहानीको ड्युटी गर्नका लागि उज्यालो नहुँदै कारमा कार्यस्थलतर्फ गइरहेका बेला दुर्घटना भएको थियो ।

प्रहरीको अनुसन्धान जारी रहेको र मृतकका परिवारलाई पहिले जानकारी दिने प्रक्रियाका कारण आधिकारिक रूपमा उनीहरूको नाम सार्वजनिक नगरिएको हो ।

प्रतिक्रिया दिनुहोस