४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लगानी सम्मेलनमा सहभागी हुन विश्वका लगानीकर्तालाई आह्वान 

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा उत्पादन लगायतका क्षेत्रमा लगानी गर्न विश्वका लगानीकर्ताहरूलाई आह्वान गरेका छन्।

संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजित विश्व सरकार शिखर सम्मेलन (वल्र्ड गभर्मेन्टस् समिट) मा नेपालको निजी क्षेत्रका तर्फबाट धारणा राख्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रचुर सम्भावना रहेकाले विश्वका लगानीकर्ताहरूलाई यसबाट लाभ लिन आग्रह गरेका हुन्।

उनले भने, “नेपालमा जलविद्युत्, पर्यटन पूर्वाधारको विकास, कृषिको आधुनिकीकरण र उत्पादनमूलक क्षेत्रहरुमा लगानीका प्रचुर सम्भावना रहेकाले लगानीका लागि विश्वभरका लगानीकर्ताहरूलाई आह्वान गर्दछु।”

उनले नेपाल सरकारले मुलुकमा लगानीको प्रक्रियालाई सरल बनाउन, नियामकीय कतिपय झन्झट कम गरी पारदर्शिता अभिवृद्धि गर्न र व्यावसायिक वातावरण निर्माण गर्न नेपाल सरकार र निजी क्षेत्रका तर्फबाट पहल भइरहेको कुरा पनि सो सम्मेलनमा राखेकाे महासंघले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

उनले भनेका छन, “नेपाल सरकारले यही अप्रिल २८-२९ मा आयोजना गर्न लागेको ‘नेपाल लगानी शिखर सम्मेलन २०२४’ लाई मध्यनजर गर्दै नेपालमा लगानीको अनुकूल वातावरण बनाउन केही ऐन-नियममा संशोधनको प्रक्रिया अगाडि बढाएको छ।

साथै, विभिन्न सम्भावित साझेदार मुलुकहरुसँग द्विपक्षीय लगानी सम्झौता गरी लगानी सुरक्षाको प्रत्याभूति गर्न गइरहेको छ। यसले दुई देशबिच व्यावसायिक गतिविधि विस्तारमा सहज वातावरण बनाउनेछ।”

उनले नेपालले आयोजना गरेको सो लगानी सम्मेलनमा सहभागी हुन पनि सबैसँग आग्रह गरे। ‘सेपिङ फ्युचर गभर्मेन्ट’ भन्ने नाराका साथ आयोजना भइरहेको उक्त सम्मेलनमा विश्वका कैयौँ देशका राष्ट्र तथा सरकारप्रमुख अन्तर्राष्ट्रिय संघसंस्था, राजनैतिक दल तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

शिखर सम्मेलनमा अध्यक्ष ढकालले नेपालको अर्थतन्त्र र देशको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिकाका बारेमा चर्चा गर्दै नेपालको वर्तमान आर्थिक अवस्थाका बारेमा पनि जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस