काठमाडौँ । ललिता निवासको जग्गा अनियमितता प्रकरणमा विशेष अदालतले बिहीबार मात्र फैसला सुनाउने भएको छ । बुधवारै फैसला सुनाउने तयारी भएपनि प्राविधिक काम नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ३ मन्त्री, त्यति बेलाका उच्च पदस्थ सरकारी कर्मचारी र जग्गाधनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
मुद्दामा सुनुवाइ भने सकिएको छ । बुधबार फैसला सुन्न प्रतिवादी र उनीहरुका वकिल विशेष अदालतमा उपस्थित भएका थिए । फैसलाको प्रतिक्षामा अबेरसम्म बसे पनि अन्तिममा हेर्दाहेर्दैमा राखिएको हो ।