काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नयाँ नियुक्त शिक्षकसँग कुनै शुल्क नअसुल्न निर्देशन दिएको छ । देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई आज परिपत्र गर्दै कुनै पनि नाममा शुल्क नअसुल्न निर्देशन दिएको हो ।
शुल्क लिएको पाइएको केन्द्रमा उजुरी गर्न समेत भनेको छ । शिक्षक सेवा आयोगबाट सिफारिस भई पदस्थापनका लागि जिल्ला पठाइएका शिक्षकलाई जिल्ला शिक्षा समिति कोषमा रकम जम्मा गर्न लगाएको पाइएपछि केन्द्रले सचेत गराएको हो ।
