९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्जका मेयर सिंहद्वारा दुई श्रीमती भएको स्वीकार

अ+ अ-

वीरगन्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले आफ्ना दुई श्रीमती रहेको स्वीकारेका छन् । आफ्नी कान्छी श्रीमतीबाट जन्मिएकी रुविना श्रेष्ठलाई नागरिकता दिलाएको उनले बयान दिँदै यस्तो स्वीकारेका हुन् । आफू रुविनाको सक्कली बाबु भएको उनले बयानमा बताएका छन् ।

मेयर सिंहमाथि झूटो विवरण पेस गरी हुँदै नभएको छोरीलाई बाबु बनेर नागरिकता दिलाएको आरोप लगेको छ । गृह मन्त्रालयका उपसचिव पुष्कर रानाको संयोजकत्वमा नागरिकतासम्बन्धी उजुरीमाथि छानबिन गर्न समिति गठन भएको थियो । समिति समक्ष मौखिक र लिखित सोधपुछका क्रममा मेयर सिंहले रुविना आफ्नो छोरी भएको बयान दिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए । 

उनले भने, ‘उहाँसँग बयान मन्त्रालयको टोलीले लिएको हो । कार्यालयमा भएको सोधपुछमा उहाँले दुई वटा श्रीमती भएको र आफू रुविनाको बाबु भएको स्वीकार गर्नु भएको हो ।’ गृहको टोलीले मेयरसँगै वीरगन्ज–३ का वडाध्यक्ष, प्रशासनमा कार्यरत कर्मचारीसँग सोधपुछ गरेको थियो । 

मेयर सिंहले रिता भट्टराई आफ्नी कान्छी श्रीमती भएको कुरा गोप्य राखेको बताएका हुन् । उनले कान्छी श्रीमती भएको स्वीकार गरेको भोलिपल्ट जिल्ला अदालत पर्सामा उनी विरुद्ध सम्बन्ध विच्छेद र अंशको मुद्दा दायर भएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१० की रिता भट्टराईले माघ २८ मा मुद्दा दायर गरेकी हुन् । रीताले अदालतमा पेस गरेको फिराद पत्रमा सिंहसँग प्रेम विवाह गरेको दाबी गरेकी छन् ।

रीताले अदालतमा पेस गरेको कागजात फर्जी रहेको भन्दै वीरगन्ज-३ का लियाकत अलीले प्रशासनमा जाहेरी दर्ता गराएका छन् । मेयरविरुद्ध धेरै निकायमा उजुरी परेको र मन्त्रालयबाटै छानबिन भएकोले यसबारे मन्त्रालयबाटै निर्णय हुने सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताए ।

प्रतिक्रिया दिनुहोस