८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलाममा घर घरमै जन्मदर्ता

अ+ अ-

इलाम । सूर्योदय नगरपालिका-५ समालबुङका केशव र बेबिका बुढाथोकीलाई छोरी साइफ्रिना जन्मिएको १२ दिनमा घरमै जन्म दर्ता पुर्‍याउन वडाध्यक्षसहितको टोली आउँदा अचम्म लाग्यो । ‘छोरीको न्वारनमात्र सकिएको थियो । जन्म दर्ता वडामै बनाएर आज पुर्‍याउन आउनुभएछ । वडा कार्यालय टाढा छ, पुगेर आउने हैरान नै घट्यो ।’बेबिकाले भनिन्, ‘यहाँ कति जनालाई त जन्म दर्ता ३५ दिनभित्र बनाई सक्नुपर्छ भन्ने पनि थाहा छैन । वडाले आफैँ बनाई दिएर घरमै ल्याइदिन थालेछ खुसी लाग्यो ।’ सोही ठाउँका एल्बिन शङ्खरको जन्म दर्ता जन्मिएको १६ दिनमा बिहीबार वडाले ल्याइदिएको उनकी आमा वर्षाले बताइन् । 

सूर्योदय-५ वडा कार्यालयले बिहीबारदेखि बच्चाको जन्म दर्ता घरघरमै पुर्‍याउन सुरुआत गरेको छ । चेतना अभावका कारण समयमा बच्चाको जन्म दर्ता नगराएपछि विगत दुई वर्षदेखि जन्म दर्ता नबनाएका बालबालिका खोजेर बनाई दिन थालेको उक्त वडाले यस वर्षदेखि जन्मिएको ३५ दिनभित्रमा घरमै जन्म दर्ता पुर्‍याई दिने अभियान सुरुआत गरेको हो । ‘नानी जन्मिने बित्तिकै पहिले सुत्केरी भेट्न वडा स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीहरूको टोली जानुहुन्छ,’ वडाध्यक्ष उर्गेन बम्जनले भने, ‘उहाँहरूले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली २०७७ को अनुसूची १० बमोजिम सूचना फारम भरेर वडालाई उपलब्ध गराउनुहुन्छ । उहाँहरूले आमा र बाबुको विवाह दर्ताको फोटो र बच्चाको फोटो खिच्नुहुन्छ ।’ त्यसका आधारमा वडाले जन्म दर्ता तयार गर्ने बम्जनले बताए। उनका अनुसार, जन्म दर्ता जनप्रतिनिधि र कर्मचारीको टोली घरमै पुगेर अभिभावकलाई हस्तान्तरण गरिन्छ । 

वडामा रहेका सात वटा सामुदायिक र दुई वटा संस्थागत विद्यालयमा पुगेर दुई वर्षअघि विद्यार्थीको जन्म दर्ता जाँच गर्दा कतिपयको नभएको पाइएपछि यो विषयलाई वडाले संवेदनशील रूपमा लिइएको बम्जन बताउछन् ।’हामीले विगत दुई …पहिले स्कुल–स्कुल घुमेर जन्म दर्ता नभएका नानीहरू चेक गर्‍यौँ,’ उनले भने, ‘वडामा सात वटा सामुदायिक र दुई वटा संस्थागत गरी नौ वटा विद्यालय छन् । त्यहाँ बाबुआमालाई सम्पर्क गराएर कानुनी सल्लाह दियौँ । जन्म दर्ता गरायौँ र पनि समस्या समाधान भएन ।’ 

शतप्रतिशतको जन्म दर्ता गराउने लक्ष्य लिएको वडाले त्यहाँका तीन वटा खोप केन्द्रमा पनि अनुगमन गरेको थियो । खोप केन्द्रमा खोप हान्दै गरेका नानीहरूको जन्म दर्ता भए-नभएको चेकजाँच गर्दा कतिपयलाई जन्म दर्ता गर्ने समयावधि, कागजी र कानुनी प्रक्रिया नै थाहा नभएको पाइएको बम्जनले बताए। ‘खोप केन्द्रमा पत्ता लागेकाहरूको पनि काम गरियो । त्यो गर्दा पनि समस्या समाधान नभएकाले अब अन्तिम विकल्पका रूपमा यो अभियान सुरु गरेका छौँ,’ उनले भने । 

एकातिर प्रक्रिया र सूचना थाहा नपाउँदा समस्या हुने गरेको छ भने अर्कातिर आवश्यकता भएपछि मात्र चासो दिने समस्या छ । ‘कसैले बालबालिकालाई स्कुल पुर्‍याउने बेलामा मात्र थाहा पाएर गर्छन् त कसैले कुनै कामका लागि ‘डकुमेन्ट्स’ चाहिँदा मात्र गर्छन्,’ वडा सचिव सञ्जय ढुङ्गेलले  भने, ‘विशेषगरी चेतना स्तर नै कम भएर हो, जनप्रतिनिधिहरूको फुर्सद नहुँदा हामी आफैँ गएर दिन्छौँ तर राम्रो कामको सुरुआत गरिहालौँ भनेर थालिएको हो ।’ 

यसअघि जन्म दर्ता गर्न छुटेकाहरूको क्रमशः खोज्दै र अब जन्मनेहरूका लागि ३५ दिनभित्रमा घरमै उपलब्ध गराउने गरिएको अभियानलाई वडाबासीले धन्यवाद दिएका छन् । स्थानीय प्रदीप गिरीले भने, ‘जनताप्रति सचेत र जबाफदेही वडाध्यक्ष पाएका छौँ । नगर कार्यपालिकाकै कान्छो उमेरका हाम्रा अध्यक्ष ऊर्जावान्, सृजनशील र रचनात्मक चेत भएको व्यक्ति हुनुहुन्छ ।’ देख्दा सामान्य भए पनि यो कार्य उदाहरणीय भएको स्थानीयबासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस