७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६४ वर्षपछि नेपालमै छापिएका हुलाक टिकट प्रचलनमा

अ+ अ-

काठमाडौँ । ६४ वर्षपछि नेपालमै छापिएको हुलाक टिकट शुक्रवारदेखि प्रचलनमा आएको छ । जनक शिक्षा सामग्री केन्द्रमा मुद्रण गरिएका ११ प्रकारका हुलाक टिकट प्रचलनमा आएका हुन् । 

हुलाक सेवा विभागले सहिद रामवृक्ष यादव, वाम आन्दोलनकी नेत्री साहना प्रधान, साहित्यिक व्यक्तित्व तथा राजनीतिज्ञ नेत्रलाल पौडेल ‘अभागी’, प्रजातान्त्रिक आन्दोलनका योद्धा कामी बुढा तथा नई प्रकाशनको रजत जयन्ती, श्रीबला त्रिपुरासुन्दरी देवी मन्दिर, औषधीय गुणले भरिपूर्ण मरेठी र विभिन्न चार प्रकारका जडीबुटी अङ्कित हुलाक टिकट प्रकाशन गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ११ प्रकारका हुलाक टिकटमा प्रकाशनको प्रथम दिवसीय टाँचा लगाइन् । 

राष्ट्रिय व्यक्तित्व, महत्त्वपूर्ण जडीबुटी, धार्मिक स्थलका ८० लाख थान हुलाक टिकट प्रकाशन गरिएको विभागका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । यसअघि भारत, इन्डोनेसिया, लाद्भियालगायत मुलुकमा हुलाक टिकट मुद्रण हुँदै आएको उल्लेख गर्दै उनले नेपालमै टिकट छापिन थालेसँगै समय र लागत बचत भएको बताए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय जीवनका महत्त्वपूर्ण व्यक्तित्व तथा औषधीय गुणले भरिपूर्ण जडीबुटी, भाषा-साहित्यको क्षेत्रमा क्रियाशील संस्था र प्रसिद्ध धार्मिक स्थलका बारेमा टिकट प्रकाशन गरिएको बताइन् । पूर्वमन्त्री दीनानाथ शर्माले मुलुकको राजनीतिक परिवर्तनमा योगदान दिएका व्यक्तित्व तथा नेपालमा मात्रै पाइने जडीबुटीका बारेमा हुलाक टिकट प्रकाशन गरेर सरकारले प्रशंसनीय काम गरेको बताए ।

पूर्वमन्त्री रामकुमारी झाँक्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि अघिल्ला पुस्ताले ठुलो बलिदान गरेको उल्लेख गर्दै पछिल्ला पुस्ताले पनि उक्त योगदानबाट शिक्षा लिनुपर्ने बताइन् । कार्यक्रममा सहिद रामवृक्ष यादवका छोरी एवं मधेस सरकारका पर्यटन मन्त्री सुनिता यादव, सहिद नेत्रलाल अभागीकी श्रीमती एवं पूर्व सांसद विष्णु शर्मा पौडेललगायतले  सरकारले टिकट प्रकाशन गरेर सहिदको सम्मान गरेको बताए ।

प्रतिक्रिया दिनुहोस