काठमाडौँ । ईन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले शर्मिला श्रेष्ठसहित जिल्ला अदालत काठमाडौँमा गाली बेइज्जतीको मुद्दा दर्ता गरेका छन् ।
शुक्रबार उनले श्रेष्ठसहित जीवन टण्डन, कविता लामा, पूर्णप्रसाद कँडेल, खगेन्द्र विक, लक्ष्मीप्रसाद घिमिरेलाई विपक्षी बनाई गाली बेइज्जतीको मुद्दा दर्ता गराएका हुन् ।
इन्द्रेणीबाट अघोषित निष्कासनमा परेका पाँच जना कलाकारले फेसबुक लाइभमा आएर सञ्चालक कृष्ण कँडेलविरुद्ध विभिन्न आरोप लगाएका थिए । शर्मिला श्रेष्ठलगायतका कलाकार संयुक्तरूपमा लाइभमा आएर उनीहरूले पुसदेखि आफूहरूलाई कार्यक्रममा नबोलाइएको बताएका थिए ।
