४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेडक्रसमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन : अध्यक्ष तिमिल्सिना

अ+ अ-

काठमाडौँ  । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मानवतावादी रेडक्रस जस्तो संस्थामा राजनीति प्रवेश गर्दा सेवाग्राहीले सुशासन प्राप्त गर्न नसक्ने बताएका छन्। 

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको ४०औँ साधारणसभालाई आज पोखरामा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्ता संस्थामा राजनीतिक हस्तक्षेप हुनु राम्रो नभएको बताए। 

‘देशका अधिकांश संस्थामा राजनीतिकरण हुँदा आम जनताको राजनीतिक दलप्रति वितृष्णा पैदा भएको छ’, अध्यक्ष तिमिल्सिनाले भने, ‘अब नेपाल रेडक्रस सोसाइटीमा आबद्ध देशभरका कमिटी सदस्यले भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्र पार्नहोस्।’

अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त नेपाल रेडक्रस सोसाइटीलाई राजनीतिबाट टाढै राख्नुपर्ने सुझाव दिँदै अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरूले पनि यस्ता संस्थालाई स्वतन्त्ररूपमा मानवीय सेवामा लाग्न प्रेरित गर्नुपर्ने सुझाव दिए। 

रेडक्रस सोसाइटीमा लाग्ने हरेक सदस्यले पवित्र मनले मानवीय सेवा गर्दै विपद् र दुःखमा परेका व्यक्तिको घाउमा मल्हम लगाउनुपर्नेमा उनले जोड दिए। सो अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल रेडक्रस सोसाइटी कास्की प्रादेशिक  रक्तसञ्चार सेवाको नवनिर्मित भवनको उद्घाटनसमेत गरेका थिए। 

प्रतिक्रिया दिनुहोस