६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले कैलालीको अधिवेशन आज, अध्यक्ष ओलीले उद्घाटन गर्ने

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलाली जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट अधिवेशन उद्घाटन हुने भएको छ । योसँग प्रदेशका अन्य जिल्लामा पनि अधिवेशनको सरगर्मी बढेको हो ।

कैलालीमा एमालेको नेतृत्व हात पार्न नेताहरूले दौडधुप चुलिएको छ । यहाँ नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य दामोदर भण्डारी जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न लागेका छन् । आफू निकटका नेतालाई जिल्ला अध्यक्ष बनाउन तीनै नेता कम्मर कसेर लागेका हुन् ।

केन्द्रीय सचिव भट्टले कार्यवाहक अध्यक्ष दुर्गा जोशीलाई अघि सारेका छन् । स्थायी कमिटी सदस्य कर्ण थापाले कैलाली जिल्ला सचिव डेजी पाण्डेलाई अध्यक्ष बनाउन लागेका छन् भने  एमाले केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश पूर्व अध्यक्ष दामोदर भण्डारीले भने पूर्वप्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुङ्गानालाई अध्यक्षका लागि अघि सारेका छन् ।

आज र भोलि सोमबारसम्म जिल्लाको सुखडमा हुने नवौँ अधिवेशनको लागि आगामी नेतृत्वका लागि अध्यक्ष पदका दाबेदार यज्ञराज ढुङ्गाना, दुर्गा जोशी र डेजी पाण्डेबिच प्रतिस्पर्धा हुने देखिएको हो ।

सुदूरपश्चिममा हालसम्म दार्चुला जिल्लामा मात्रै अधिवेशन सम्पन्न भएको छ । गत पुसमा सम्पन्न अधिवेशनबाट ज्ञानेन्द्रबहादुर घर्तीको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको थियो । बाँकी ८ जिल्लामध्ये बझाङबाहेक सबै जिल्लामा अधिवेशनको मिति तोकिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले जानकारी दिए । 

त्यस्तै, कञ्चनपुरमा चैत्र १ र २ गतेका लागि अन्तिम मिति तोकिएको । बाजुरामा फागुन १६ र १७, डडेलधुरामा फागुन २७ र २८, बैतडीमा फागुन २९ र ३०, डोटीमा चैत्र २ र ३ गते र अछाममा चैत्र १९ र २० गते जिल्ला अधिवेशनको मिति तय गरिएको छ । बझाङमा भने उप–निर्वाचनपछि मात्रै जिल्ला अधिवेशनको मिति तोकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस