९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले भुक्तानी नदिएपछि किसान आक्रोशित, सडकमै पोखे दूध

अ+ अ-

काठमाडौँ। सरकारले दूधको भुक्तानी नदिएपछि चितवनका दूध किसान सडकमा नै दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । भरतपुरको केन्द्रीय बस टर्मिनल चोकमा भेला भएका किसानहरूले कृषिमन्त्री बेदुराम भुसालको राजीनामासमेत मागेका छन् ।

चितवन दुग्ध उत्पादक सहकारीहरूले दूधको बिक्री तथा भुक्तानीमा देखिएको बेथिति विरोधमा आन्दोलनमा उत्रिएको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए । किसानहरूले सडकमा दूध पोखाउनुका साथै किसानको समस्याको समाधानको लागि प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई ज्ञापन पत्र बुझाएका छन् ।

सरकारले आफूहरूको आन्दोलनलाई बेवास्ता गरिएको खण्डमा अझ सशक्त रूपमा आन्दोलन गरिने अध्यक्ष बगालेले बताए ।

किसानहरूले उत्पादन गरेको दूधको बिक्रीको व्यवस्था र किसानहरू पाउनुपर्ने भुक्तानी पाउनुपर्ने २ वटा माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् । चितवनका किसानहरूले साउन महिनादेखिको करिब ५२ करोड भुक्तानी बाँकी रहेको जनाएका छन् ।

त्यस्तै ५ दिनदेखि दूध बिक्री नभएको उनीहरूको भनाइ छ । चितवनबाट दैनिक १ लाख ५१ हजार लिटर दूध बिक्री हुँदै आएको छ । नचाहँदा नचाहँदै पनि सडकमा दूध पोख्न बाध्य भएको भन्दै किसानहरूले आक्रोश जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस