काठमाडौँ। नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिका प्रसाद भट्ट नियुक्त भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पदपूर्ति समितिले इन्जिनियर डा. चण्डिका प्रसाद भट्टसहित डा.डोलप्रसाद चापागाईँ र सत्रुध्नप्रसाद पुडासैनीको नाम सिफारिस गरेको थियो ।