९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गलत सूचनाको चुनौतीलाई राससले चिर्नुपर्छ : राष्ट्रपति पौडेल

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मिथ्या र गलत सूचनाबाट ‘दिग्भ्रमित’ पार्ने काम पनि भइरहेका सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस) जस्तो जिम्मेवार सञ्चारमाध्यमले सत्य, तथ्य, निष्पक्ष र आधिकारिक सूचना प्रवाह गरेर जनतालाई सुसूचित गर्नुपर्नेमा जोड दिएका छन् । ।

राससको ६३ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यसको दुरुपयोगबाट बच्नु ठूलो चुनौती भएकाले यस चुनौतीलाई राससजस्ता सञ्चारमाध्यमले सामना गरेर अघि बढ्नुपर्ने बताएका हुन् । 

राससले स्वदेश तथा विदेशमा सत्य तथ्य, आधिकारिक र विश्वसनीय समाचार, फोटो, श्रव्य र श्रव्य दृश्य समाचार सामग्री अनलाइन सेवामार्फत आफ्ना सेवाग्राहीलाई अहोरात्र सम्प्रेषण गर्दै आएको छ ।

“पत्रकारिताको सिद्धान्त, आचारसंहिता र मूल्यमान्यतामा आधारित मौलिक, खोजमूलक र अनुसन्धानमूलक लेखनले नै समाचारको सार र प्राणलाई बचाउँदै पाठकको चाहनालाई पूरा गर्छ भन्ने मलाई लाग्दछ”, सन्देशमा भनिएको छ, “पछिल्लो समयमा राससले सेवाको विविधीकरण, प्रकाशन, तालिम तथा पूर्वाधार विकासमा गरेको सुधार प्रशंसनीय छ ।”

मुलुकको एक मात्र समाचार समिति राससले आधुनिकीकरण र भूमण्डलीकरणको बदलिँदो परिवेशमा आफ्ना पाठक र सेवाग्राहीको चाहनाअनुरूपका गुणस्तरीय, सत्य तथ्य, आधिकारिक र विश्वसनीय समाचार सामग्री छिटोछरितो रूपमा दिन अझै प्रतिस्पर्धी, सक्षम र नेतृत्वदायी सञ्चारमाध्यमका रूपमा अघि बढ्ने राष्ट्रपतिको विश्वास रहेको छ ।

उनले इन्टरनेट र सूचना प्रविधिको तीव्रतर विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा व्यापक परिवर्तनसँगै छिटोछरितोरूपमा दर्शक, श्रोता र पाठकको सत्य तथ्य सूचना पाउने चाहनलाई पूरा गर्न कठिन बन्दै गएको परिप्रेक्ष्यमा राज्यद्वारा सञ्चालित राससजस्तो समाचार समितिले संविधानले प्रत्याभूत गरेको आम नागरिकको सूचनाको हक पाउने प्रावधानलाई पूरा गर्न अझै जिम्मेवार, विश्वसनीय र जबाफदेही बन्नुपर्ने बताए । 

राष्ट्रपतिले विश्वका समाचार समितिले हासिल गरेको प्रगति, सुधार र पाएको सफलताबाट पाठ सिकेर राससले आफ्नो सेवा, गुणस्तर र समाचार प्रस्तुतिमा समयानुकूल परिमार्जन र सुधार गरी यसलाई अझै आधुनिक, विकसित र नमुना समाचार समितिका रूपमा विकास गर्न कार्यरत व्यावसायिक पत्रकार र व्यवस्थापनलाई सफलता मिलोस् भनी शुभकामना दिएका हुन् । 

राष्ट्रपतिले अभिव्यक्ति स्वतन्त्रतामात्र होइन स्वतन्त्र, निष्पक्ष र स्वतन्त्र पत्रकारिता तथा हरेक नागरिकको सूचनाको अधिकार बहुलवादमा आधारित लोकतन्त्रमा मात्र सम्भव हुने भएकाले सबै जात, जाति, भाषा, भाषीको अधिकार संरक्षण गर्ने बहुलवादमा आधारित लोकतन्त्रको सुदृढीकरण आफ्नो धर्म मानेर काम गर्दा नै संस्थाले राखेका खास लक्ष्य पूरा हुने पनि स्पष्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस