१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लोकतान्त्रिक मूल्यमान्यता आत्मसात् जरुरी : अध्यक्ष तिमिल्सिना

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रजातन्त्र दिवस-२०८० को शुभ अवसरमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् जरुरी भएको बताएका छन् ।

अध्यक्ष तिमिल्सिनाले एक शुभकामना सन्देश जारी गर्नुहुँदै संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्पसहित सङ्घीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक हक तथा मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता र स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिकाजस्ता आधारभूत विशेषतालाई संविधानको प्रस्तावनामा अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादेन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरे।

“प्रजातन्त्रकै जगमा रहेर वर्तमान नेपालको संविधानमार्फत जनतामा निहित सार्वभौमसत्ता, स्वशासन र स्वायत्तताको अधिकार प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था अवलम्बन गरेका छौँ”, उनले भने, “यसले नागरिकहरूमा स्वतन्त्रताको अधिकारको संरक्षण प्रदान गरी सम्मानपूर्वक बाच्ँन पाउने अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख गरे ।”

शुभकामना सन्देशमा कठिन सङ्घर्ष, चुनौती त्याग र बलिदानको फलस्वरुप निरंकुश राणाशासनको अन्त्य भएको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने उल्लेख छ । नेपाली जनताको प्रजातन्त्रप्रतिको समर्पित भावना र दृढ इच्छाशक्तिकै कारण प्रजातन्त्रको स्थापना सम्भव भएको उनको भनाइ छ ।

“सङ्घ, प्रदेश र स्थानीय तहको राजनीतिक तथा शासकीय संरचनामार्फत शासन, विकास र सेवा प्रवाहको अवसर र लाभ वितरण प्रत्यक्ष रूपमा जनस्तरमा प्राप्त भएको छ”, सन्देशमा भनिएको छ, “यसले स्थानीय नागरिकहरूमा सरकार र शासनको अपनत्वको भावना विकास भई स्थानीय स्रोतसाधनको प्रभावकारी परिचालनमार्फत देश विकासमा महत्त्वपूर्ण योगदान पुगेको छ ।”

नेपालको एक सय चार वर्ष लामो निरङ्कुश तथा जहानिय तानाशाही राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति अध्यक्ष तिमिल्सिनाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस