७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशलाई संस्थागत र बलियो बनाउनुको विकल्प छैन : मुख्यमन्त्री शाह

अ+ अ-

अत्तरिया (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशलाई संस्थागत र बलियो बनाउनुको विकल्प नरहेको बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले आज धनगढीमा आयोजना गरेको ‘राष्ट्रिय प्रजातन्त्र दिवस-२०८०’ प्रदेश स्तरीय मूल समारोह कार्यक्रममा उनले प्रदेशलाई संस्थागत बनाउनुपर्ने बताए ।

“प्रदेश संघीयताको शासन व्यवस्था अनुसार स्थापना भएका हुन् । यसलाई बलियो र संस्थागत बनाउनुको विकल्प छैन । जतिसुकै समस्या र चुनौती भए पनि प्रदेश सरकारले सुशासनसहित समृद्धिलाई मूल लक्ष्य बनाएर अघि बढिरहेको छ”, मुख्यमन्त्री शाहले भने। संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई अङ्गिकार गरेको भन्दै उहाँले गणतन्त्रात्मक व्यवस्थामा नागरिकको जीवन पद्दति र शैलीमा पनि परिवर्तन ल्याउनुपर्ने बताए ।

“दिगो शान्ति, समृद्धि र विकासप्रतिको नागरिकको आकांक्षा पूरा गरी सामाजिक न्याय र नागरिकको जीवनमा गुणस्तरीय परिवर्तनका लागि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि सहयोग गर्न सबैलाई आग्रह गर्दछु”, मुख्यमन्त्री शाहले भने । संविधानले तीनै तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको आधारमा विकसित हुने कुरालाई प्रमुख प्राथमिकतामा राखेको उनले बताए ।

संविधानको मर्म र भावना अनुसार तीनै तहबीचको समन्वयात्मक सम्बन्धको सिद्धान्तलाई व्यवहारिक रुप दिन प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको मुख्यमन्त्री शाहले उनले जानकारी दिए । प्रदेश सरकार जनतालाई अनुभूति हुने गरी विकासका कामलाई गुणस्तरीय ढङ्गले अगाडि बढाउन, सरल र प्रभावकारी रुपमा सेवाप्रवाह गर्ने दिशामा प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

“विभिन्न चुनौतीकाबीच प्रदेश सरकारले काम गरिरहेको छ । भौगोलिक कठिनाइ, गरिबी, बेरोजगारी, शिक्षा, स्वास्थ्य तथा सेवा प्रवाहमा समस्या छन्”, मुख्यमन्त्री शाहले भन्नुभयो, “भौतिक पूर्वाधारको कमी, सीमित स्रोतसाधनलगायतका समस्या र चुनौतीका कारण प्रदेश सरकारले जनताका अपेक्षाअनुसार काम गर्न सकेको छैन ।” जनताका अपेक्षाअनुसार काम गर्नेतर्फ सरकार अगाडि बढिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रदेशका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरुलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस