६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित

अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्र संघ अन्तर्गतको एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषद्को दिगो विकास सम्बन्धी ११औँ एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित भएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ उक्त मञ्चको अध्यक्षमा निर्वाचित भएका हुन् । जापानले मञ्चको अध्यक्षमा चयन गर्न प्रस्ताव गरेका थिए । बंगलादेश र श्रीलंकाका प्रतिनिधिले समर्थन गरेपछि नेपाल सर्वसम्मत निर्वाचित भएको हो ।

मञ्चको अध्यक्ष निर्वाचित भएपछि सदस्य राष्ट्रलाई उपाध्यक्ष श्रेष्ठले धन्यवाद ज्ञापन गरेका छन् । मञ्च ८ देखि ११ फागुनसम्म बस्दैछ । मञ्चमा अन्तर्राष्ट्रिय साझा एजेन्डाको रूपमा दिगो विकास लक्ष्यमा यस क्षेत्रका राष्ट्रले गरेका प्रगतिको समीक्षा गर्दै आगामी दिनमा लिनुपर्ने कार्यदिशामा छलफल हुने भएको छ ।

छलफलमा भएको सहमतिका आधारमा एसिया प्रशान्त क्षेत्रमा दिगो विकास लक्ष्य कार्यान्वयनमा प्राप्त भएको सफलता र चुनौतीका सन्दर्भमा सन् २०२४ को जुलाइमा हुने संयुक्त राष्ट्र संघको उच्चस्तरीय राजनीतिक मञ्चमा प्रतिवेदन पेस हुने भएको छ । एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषद्‍मा ५३ सदस्य राष्ट्र र ९ वटा अन्य संस्था आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस