काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दूराष्ट्रको लागि एउटै मोर्चा बनाएर जानुको विकल्प नभएको बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत थापाले १७ वर्षसम्म एक्ला एक्लै अनुनय विनय गरेकोले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापना नभएको उल्लेख गर्दै सबै राष्ट्रवादी शक्ति एक हुनुको विकल्प नभएको उल्लेख गरेका हुन् ।
उनले लेखेका छन्, ‘भ्रष्ट शासकहरू समक्ष निवेदन दिएर,ज्ञापन पत्र बझाएर, अनुनय विनय गरेर राजसंस्था र हिन्दूराष्ट्र स्थापना हुँदैन, हुन सक्दैन । गत १७ वर्ष हामीले त्यो अभ्यास गरिसकेका छौँ । त्यो प्रयास काम लागेन । अन एक्लै एक्लै वा आ-आफ्नो ढंगबाट आन्दोलन गरौँ भन्नु प्रकारान्तरले भ्रष्ट व्यवस्थालाई निरन्तरता दिनु हो । राजसंस्था र हिन्दूराष्ट्र स्थापनाको आन्दोलनलाई तुहाउने काम गर्छ । त्यसैले सबै राष्ट्रवादीहरूले एक ठाउँमा उभिएर,एउटै मोर्चा बनाएर जानुपर्छ,अर्को विकल्प छैन ।’