९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीप र बसिरको अर्धशतकमा क्यानडा-११लाई नेपाल ‘ए’ले हरायो

अ+ अ-

काठमाडौँ । कप्तान सन्दीप जोरा र बसिर अहमेदको अर्धशतकप्रेरित नेपाल ‘ए’ ले एक दिवसीय शृंखलाको दोस्रो खेलमा क्यानडा-११ विरुद्ध दुई विकेटको रोमाञ्चक जित निकालेको छ ।

मंगलबार मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले प्रस्तुत गरेको २४१ रनको लक्ष्य नेपालले ४९.१ ओभरमा आठ विकेट गुमाएर भेट्टाएको हो ।

कप्तान सन्दीप जोराले ६६ रन बनाए । अर्जुन कुमालले ४०, शेर मल्ल ७, किरण ठगुन्ना १३ रन बनाएर आउट भए ।

१४६ रनमा ५ विकेट गुमाएको नेपालका लागि बसिर अहमद र रसिद खानले ७७ रनको साझेदारी गरेका थिए । रसिद खान ४७ रन बनाएर आउट भए हुँदा बसिर खान ५१ रनमा अविजित रहे । बलिङमा क्यानडाका अमर खालिदले २ विकेट लिए ।

यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २४० रन बनाएको थियो । क्यानडाका श्रेयास मोभाले ६८, नवनित धलिवलले ४६, सृमन्थ विजयरत्नेले ४१ र आरोन जोन्सनले ३६ रनको योगदान दिएका थिए ।

बलिङमा नेपालका शाहव आलमले ३, शेर मल्ल र रसिद खानले २-२, बसिर अहमद र सागर ढकालले १-१ विकेट लिएका थिए ।

जितसँगै नेपाल ‘ए’ टीमले क्यानडाविरुद्ध ३ खेलको एक दिवसीय सिरिज १-१ को बराबरी गरेको छ । पहिलो खेलमा नेपाल ‘ए’ टीम क्यानडासँग पराजित भएको थियो । नेपाल ‘ए’ टीम क्यानडासँग ४ विकेटले पराजित भएको थियो

प्रतिक्रिया दिनुहोस