८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४० बुँदे मागसहित आजदेखि आन्दोलनमा राप्रपा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सरकारसँग ४० बुँदे माग राख्दै आजदेखि चरणबद्ध आन्दोलन सुरु गर्दैछ ।

राजसंस्था र हिन्दुराष्ट्रको पुन:स्थापना, प्रदेश संरचनाको खारेजी लगायतका ४० बुँदे माग राखेर प्रधानमन्त्रीलाई आज ज्ञापनपत्र बुझाउन लागेको प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

राप्रपाका आन्दोलन प्रचार समिति संयोजक श्रेष्ठका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई र देशका सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने कार्य तय भएको छ ।

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनः स्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायत राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग राखेको छ ।

राप्रपाले आज दबावमूलक र्‍याली गर्दैछ । श्रेष्ठका अनुसार  र्‍याली दिउँसो १२:३० बजे भृकुटीमण्डपबाट शुरु हुने  र्‍याली भद्रकाली, सुन्धारा, वीर हस्पिटल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप पुग्ने, भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ । भृकुटीमण्डपमा हुने सभालाई प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाइसकेपछि अध्यक्ष लिङ्देन लगायतका नेताले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस