काठमाडौँ । आइसीसी क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गत बुधबार नामिबियाविरुद्धको खेलमा नेपालले १५५ रन बनाउँदा ८ विकेट गुमाएको छ ।
सातौँ विकेटका रुपमा दीपेन्द्रसिंह ऐरी ६ रन बनाएर बाहिरिए भने सोमपाल कामी आठौँ विकेटका रुपमा ४ रन बनाएर बाहिरिएका हुन् । ऐरी र कामी एउटै ओभरमा आउट भएका हुन् ।
३४ औँ ओभरको दोस्रो बलमा ऐरी बाहिरिए भने सोही ओभरको पाँचौँ बलमा कामी बाहिरिएका हुन् । अहिले करण केसी र भीम सार्की क्रिजमा छन् ।