२६ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मालिकाको पन्थोकमा दशकोठे पक्की विद्यालय भवन निर्माण

अ+ अ-

गलेश्वर (म्याग्दी) । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-५ पन्थोकमा भीम माध्यमिक विद्यालयको १० कोठे भवन निर्माण भएको छ । गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखराको ५०, गाउँपालिकाको ४० र स्थानीयबासीको १० प्रतिशत आर्थिक साझेदारीमा निर्माण भएको उक्त भवनको बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच पाहार ट्रष्ट युकेका प्रेसिडेन्ट हवार्ड ग्रिन (एमबीई) र मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले संयुक्तरुपमा उद्घाटन गरेका छन् । 

गाउँपालिकाका अध्यक्ष गर्बुजाले पाहार ट्रष्टले भवन निर्माणमा ठूलो योगदान पुर्‍याएको बताउँदै आगामी दिनमा पनि अन्य विद्यालयमा भवनलगायत पूर्वाधार निर्माण गर्न चाहेमा गाउँपालिकाले साझेदारी गर्ने प्रतिबद्धता जनाए । गाउँपालिकाले दुर्गम बस्तीका विद्यालयमा भवनलगायत पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको अध्यक्ष गर्बुजाले बताए । 

पाहार ट्रष्टका इन्जिनियर टेक रानाका अनुसार रु एक करोड २२ लाख तीन हजार दुई सय ६६ लागतमा भवन निर्माण भएको हो । ६१ लाख एक हजार, गाउँपालिकाबाट ५० लाख र स्थानीयबासी ११ लाख एक हजार लगानी भएको ट्रष्टका इन्जिनियर रानाले बताए । विसं २०७८ मङ्सिरदेखि निर्माण थालेको भवनको काम २०७९ साल असोजमा सम्पन्न भएको थियो । वडाध्यक्ष मिम पुन र समाजसेवी क्याप्टेन जितबहादुर घर्तीले ट्रष्टसँगको सहकार्यमा भीम मावि र गौ बोम बस्त माविमा सुविधासम्पन्न भवन निर्माण भएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार दिलबहादुर पुनले पहिले जीर्ण पुरानो भवनको साँघुरो कक्षाकोठामा पठनपाठन हुँदै आएकामा अहिले भवन बनेपछि भने सहज भएको बताए। अध्यक्ष ग्रिनले गाउँपालिका र स्थानीयबासीसँगको साझेदारीमा सुविधासम्पन्न भवन निर्माण हुनु दुर्गम गाउँको विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने आधार बनेको बताए। उनका अनुसार पाहार ट्रष्ट युकेमार्फत नेपालका २७ जिल्लाका दुर्गम ग्रामीण बस्तीमा हालसम्म तीन सयभन्दा बढी शिक्षा र स्वास्थ्य क्षेत्रका विभिन्न परियोजना निर्माण भइसकेका छन् । 

उनले नेपालका दुर्गम ग्रामीण बस्तीका शिक्षा र स्वास्थ्य क्षेत्रमा सेवा तथा सहयोग गर्न पाएकामा खुसी व्यक्त गरे । भवनको संरक्षण गर्ने  विद्यालय र स्थानीबासीको दायित्व भएको उनको भनाइ थियो । विद्यालयका प्रअ डम्बरबहादुर घर्तीका अनुसार कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा दुई सय ३४ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस