८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षाकर्मी र कर्मचारीलाई तनाव व्यवस्थापन प्रशिक्षण

अ+ अ-

भोजपुर । भोजपुरमा कार्यतरत सुरक्षाकर्मी तथा कर्मचारीलाई तनाव व्यवस्थापन प्रशिक्षण दिइएको छ । तनाव व्यवस्थापनका लागि जीवन विज्ञानले उनीहरूलाई आवश्यक व्यायाम, प्रणायमसँगै खुसी प्राप्त गर्न अपनाउन सकिने विधिलगायत विषयमा कक्षा सञ्चालन गरेर प्रशिक्षण दिइएको हो । 

पछिल्लो समयमा ‘डिप्रेसन’का कारण  आत्महत्याको दर बढेकाले तनाव घटाउन र उच्चतम खुसी प्राप्त गर्ने उद्देश्यले तनाव व्यवस्थापन गर्दै मानिसलाई खुसी र आनन्दको वातावरण निर्माण गर्न कार्यक्रम सञ्चालन गरिएको प्रशिक्षण आयोजक संस्था जीवन विज्ञानले जनाएको छ । 

कर्तव्यपालनका समयमा आउने समस्यालाई कसरी समाधान गरेर आफू खुसी रहने साथै तनावलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा प्रशिक्षण दिएको जीवन विज्ञानका प्रशिक्षक देवनाथसिंह बताए । ‘कर्तव्यपालनाको सिलसिलामा हामीलाई विभिन्न समस्या आउन सक्नछन्,’ उनले भने, ‘हामीले त्यसलाई सहज व्यवस्थापन गर्न सक्यौँ भने त्यसले आनन्द प्राप्त हुन्छ ।’

मानव शरीरका पाँच ज्ञानेन्द्रियले पार्ने प्रभाव र त्यसबाट आउने सोचाइ तथा भोगाइलाई कसरी आफैँले विभिन्न क्रियाकलाप गरेर तनावलाई व्यवस्थापन गर्नेलगायत विषयमा जानकारी दिइएको जीवन विज्ञानका प्रशिक्षक टिपी बरालले बताए । खुसी विज्ञानअन्तर्गत तनाव व्यवस्थापन र खुसी प्राप्त गर्न सकिने विभिन्न विधिको विषयमा जानकारी दिइएको उनले बताए । 

जीवन विज्ञानले जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी र नयाँ श्रीनाथ गणका नेपाली सेना तथा निजामती कर्मचारीलाई खुसी विज्ञान तथा तनाव व्यवस्थापनको विषयमा प्रशिक्षण दिइएको हो । नियमित व्यायाम तथा प्रणायमले मानिसलाई स्वास्थ्य राख्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस