९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आवाज नसुने सदन र सडकमा आन्दोलन : सांसद श्रेष्ठ

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले प्रतिपक्षको कुरा नसुन्ने हो भने संसद अवरुद्ध हुने चेतावनी दिएका छन् । 

बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले यसरी सदनको कुरा नसुन्ने हो भने सदन मात्रै होइन सडक पनि अवरुद्ध हुने भन्दै सरकारले प्रतिपक्षले सदन चल्न दिएन भनेर दोष लगाउन नपाउने बताए । 

उनले भने, ‘सरकारलाई चेतावनी पनि दिन चाहन्छु, यसरी प्रतिपक्षलाई नसुन्दै जाने हो भने संसद अवरुद्ध पनि हुन्छ । आन्दोलन पनि हुन्छ । तर सरकारले प्रतिपक्षले सदन चल्न दिएन भनेर दोष लगाउन पाउने छैन । यसरी नै सरकारले अनुसन्धान गर्ने हो भने सदन मात्रै होइन सडक पनि अवरुद्ध हुन्छ । यसको साथै मिटर ब्याजीको पनि उत्तिकै कुरा उठेको छ यस्तो कुराहरूको समाधान छिटोभन्दा छिटो भएन भने हामी प्रतिपक्षको तर्फबाट जे पनि गर्न सक्छौ ।’ 

यस्तै, उनले बालकुमारी घटनाबारे शंकाको सुविधा दिँदा पनि प्रधानमन्त्रीले केही नगरेको भन्दै संसद्प्रति सरकार जबाफदेही नभएको बताए । 

उनले भने, ‘बालकुमारी घटनाको बारेमा हामीले शंकाको सुविधा दिएर प्रधानमन्त्रीले प्रतिवेदन पढ्नुहुन्छ र केही गर्नहुन्छ भन्ने अपेक्षा गरिएको थियो । 

अझसम्म केही भएको छैन । त्यो प्रतिवेदनको उहाँको अध्ययन कहाँ पुग्यो ? तीन दिन भइसकेको छ त्यो प्रतिवेदन के भयो ? यो दण्डहीनताको पराकाष्ट हो, संसद्प्रति नै सरकार जबाफदेही हुँदैन भने मुलुकले कस्तो, नेतृत्व पाइरहेको छ । प्रतिवेदन कति लामो छ, पढ्न गाह्रो लागेको भए यहाँ हामी वाचन गरेर सुनाईदिन्छौ ।’ 

प्रतिक्रिया दिनुहोस