काठमाडौँ । नेपाली काँग्रेसका महासमिति बैठकको समापन अघि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक गोदावरीमा बस्ने भएको छ ।
बैठकको बन्द सत्रबाट आएका सुझावहरूलाई प्रदेश सभापतिहरूले शीर्ष नेताको बैठकमा पेस गर्ने कार्यतिलिका छ ।
बुधबारदेखि सुरु भएको प्रतिवेदनमाथि छलफल बिहीबार बिहानी सत्रमा पनि जारी छ । प्रतिवेदनमा प्रतिनिधिले राख्ने धारणा सकिए लगत्तै सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका हुन् ।
बैठक गोदावरीस्थित भिलेज रिसोर्टमा बस्ने भएको छ । शीर्ष नेताको बैठक पछि आज नै समापन समारोह गरिने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी गराए ।
सोमबारदेखि सुरु भएको महासमिति बैठकमा बुधबारदेखि प्रतिवेदन माथि प्रतिनिधिले धारणा राखिरहेका छन् ।