काठमाडौँ । तरुण दलका जिल्ला सदस्य विनोद गिरीलाई गोली हानेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
वीरेन्द्रनगर-१ कालागाउँ देउती थाननजिकै गएराति ९ बजेतिर भएको घटनामा गिरी चढेको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
गोली हानेको आरोपमा पक्राउ गरिएका चारजनालाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरी स्रोतले जानकारी दिएको छ । उनीहरूको परिचय प्रहरीले खुलाएको छैन ।