८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाजुराका तेह्र हजार बालबालिकालाई खोप लगाइँदै

अ+ अ-

बाजुरा । सरकारले आजबाट सुरु गरेको दादुरा-रुबेला खोप अभियानमा बाजुरामा १३ हजार बालबालिकालाई खोप लगाइने भएको छ । राष्ट्रिय अभियानका रूपमा चल्ने दादुरा–रुबेला रोग निवारण खोप अभियान आजदेखि फागुन १५ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । 

जिल्लामा खोप अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मी, स्वयमसेविका र स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले जानकारी दिए । उनका अनुसार अनुसार जिल्लाका एक सयभन्दा बढी स्वास्थ्य संस्था र खोप केन्द्रमा स्वास्थ्यकर्मी र स्वयंसेवक पुगिसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

देशव्यापीरुपमा सञ्चालन हुने अभियान आजदेखि चैत ७ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दले बताए। अभियान प्रत्येक चार वर्षमा सञ्चालन हुन्छ । 

केही हिमाली भेगमा हिमपात र चिसोले सामान्य असर गरे पनि जिल्लामा एकैसाथ अभियान सुरु हुने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दले बताए। खोप नौ महिनादेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई लगाइने भएको छ । 

खोप लगाउनका लागि प्रत्येक घरमै पुगेर निमन्त्रणा कार्ड नै दिएर खोप अभियानमा सहभागी हुन स्वास्थ्यकर्मीले आमन्त्रण गरिसकेका छन् । तीन दिनसम्म तोकिएको स्थान र नभएसम्बन्धी घरमै पुगेर पनि खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । 

बाजुराका १३ हजार नौ सय ४२ जना बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दको भनाइ छ ।  यसका लागि जिल्लाका एक सय ६५ वटा खोप केन्द्रमा एक सय ६५ जना स्वास्थ्यकर्मी र दुई सय ३० जना स्वयम् सेवक खटिएका छन् । 

जिल्लामा ९७ प्रतिशत बढी बालबालिकाले खोप सेवा पाएकोमा यस पटक त्यसलाई समेत बढाउने र शतप्रतिशत लक्ष्य हासिल गर्ने गरी तयारी गरिएको स्वास्थ्य कार्यालय  प्रमुख चन्दले बताए। खोप सेवा लिने बालबालिकाको सङ्ख्या सबैभन्दा बढी बूढीगङ्गानगरपालिका दुई हजार १२ जना, त्रिवेणी नगरपालिका दुई हजार १० जना, खप्तड छेडेदह गाउँपालिका दुई हजार नौ जना छन् । 

यस्तै बूढीनन्दानगरपालिकामा एक हजार नौ सय ३६ जना, बडीमालिका नगरपालिका एक हजार पाँच सय ९९ जना, स्वामिकात्र्तिक खापर गाउँपालिका एक हजार तीन सय ७१ जना बालबालिकाले खोप पाउने भएका छन् । 

जगन्नाथ गाउँपालिकामा एक हजार ५४ जना, एक हजार ३१ जना र गौमूलमा नौ सय २० जना बालबालिकालाई खोप लगाइनेछ । खोपलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि जिल्लाको खोप समन्वय समितिले तीव्र अनुगमन गर्ने र खोप केन्द्रमा कुनै लापरबाही भएको पाएमा कानुन बमोजिम कारबाही गरिने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । 

खोपपूर्ण रूपमा प्रभावकारी बनाउनका लागि पालिकादेखि स्वास्थ्य संस्थासँगको छलफल परामर्श र तयारी गरिसकिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस