६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिवेदन लेखनमा जुट्यो सुन तस्करी छानबिन आयोग, म्याद थपको तयारी

अ+ अ-

काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बयान लिने काम अन्तिम चरणमा पुर्‍याएको छ । आयोगले विभिन्न विज्ञहरूसँग परामर्श गर्नुका साथै यसअघि मुद्दा चलाइएका र नचलाइएका व्यक्तिहरूसँग पनि सोधपुछ र बयान लिने काम गरेको छ ।

‘६० जना विज्ञहरूसँग परामर्श गरेका छौँ, प्रतिवादीहरूसँगको पुनः सोधपुछ ३२ जना, मुद्दा नचलाइएका तर सीआईबीले बुझेकाहरू २० जनालाई बयान कागज गराइएको छ’, आयोगका अध्यक्ष डिल्लीराज आचार्यले भने, ‘अनुसन्धान अभियोजन लगायत विभिन्न सोधपुछ गर्नेहरूको सङ्ख्या १३ जना छ ।’ प्रतिवेदन तयार गर्नुअघि आयोगले पूर्व सभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालगायतसँग कागजी बयान र साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ लगायतका प्रतिवादीसँग पुनः बयान लिएको हो । आयोगका अनुसार बयानका लागि सूचना जारी गरेका मध्ये ४÷५ जना अझै बयानका लागि आएका छैनन् ।

बयान करिब सकिएकाले आयोग प्रतिवेदन लेखनमा केन्द्रित छ । सुन तस्करीबारे विभिन्न प्रमाण सङ्कलन गरी प्रतिवेदन तयार गर्ने कार्य भइरहेको हो । विभिन्न समूहले फरक–फरक विषयमा प्रतिवेदन लेखन र प्रमाणको पुनः परीक्षण गर्ने काम गरिरहेको आयोगले जनाएको छ ।

जाँचबुझ आयोगको म्याद यही फागुन १५ गते सकिँदै छ । आयोगले प्राप्त गरेका केही प्रमाण सुरक्षा निकाय र भन्सारबाट पुनः परीक्षण गरी माग गरेकामा प्रतिवेदन नआएकाले यही फागुन ३० गतेसम्मका लागि म्याद थप्ने तयारी भएको छ । आयोगले गृह मन्त्रालय मार्फत म्याद थपको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिसकेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत साउन २ गते बरामद भएको ६१ किलोग्राम र विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याएको नौ किलोग्राम सुन तस्करी प्रकरणपछि गत असोज १४ गतेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा आयोग गठन गरेको थियो । आयोगमा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक सहकुल थापा, अर्थ मन्त्रालयका पूर्व सहसचिव किशोर जङ्ग कार्की र गृह मन्त्रालयका पूर्व सहसचिव प्रेमराज जोशी सदस्य छन् ।

सम्बन्धित समाचार : सुन तस्करी छानबिन आयोगले पाएन प्रतिवेदन र जनशक्ति, म्याद थपका लागि लेख्यो पत्र

सम्बन्धित समाचार  ः उडेर र गुडेर भित्रँदै सुन : सेटिङको आशङ्का, कहाँ पुग्यो अनुसन्धान ?

प्रतिक्रिया दिनुहोस