काठमाडौँ । रेष्टुरेन्टको शौचालय गएकी महिलाको अश्लील तस्बिर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका डीएसपी तुलसिंह केसीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत, काठमाडौँले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि उनी धरौटी बुझाएर हिरासतमुक्त भएका छन् ।
न्यू इभेन्ट पोइन्ट रेष्टुरेन्टमा ५ माघको राति ९ः२० बजेतिर केसीले शौचालयमा गएकी महिलाको अश्लील फोटो खिचेको भन्दै जाहेरी परेको थियो ।
सम्बन्धित समाचार : सार्वजनिक स्थानमा महिलाको भिडियो खिच्ने सशस्त्र प्रहरीका डीएसपी पक्राउ
सम्बन्धित समाचार : सार्वजनिक स्थानमा महिलाको भिडियो खिच्ने डीएसपीलाई निलम्बन गर्न सिफारिस