६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सैनिक कमान्ड तथा स्टाफ तालिमको दीक्षान्त, १३४८ अधिकृत प्रशिक्षित

अ+ अ-

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले संविधान प्रदत्त जिम्मेवारी निर्वाह गर्ने क्रममा देश तथा विदेशमा बहुआयामिक भूमिका निर्वाह गर्दै आएको बताएका छन् । 

सैनिक कमान्ड तथा स्टाफ कलेजमा सञ्चालित सि.सं.३० कमान्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोहमा प्रधानसेनापति शर्माले समसामयिक घटनाक्रम तथा प्रविधिबारे जानकार रहँदै आफ्नो राष्ट्र तथा संस्थाका हित अनुकूल अनिश्चित समयमा समेत प्रभावकारी योजना तर्जुमा र कार्यान्वयन गर्न सक्नुपर्ने बताए ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले सैनिक कमान्ड तथा स्टाफ कलेज विश्वविद्यालयमा आबद्ध उत्कृष्ट शैक्षिक संस्थाका रूपमा रहेको बताए । रणनीति तथा व्यवस्थापनजस्ता महत्त्वपूर्ण विषयसम्बन्धी ज्ञान सैनिक संस्थाबाट सबैले सिक्न सक्ने उल्लेख गर्दै उनले दीक्षित शिक्षार्थी अधिकृतलाई आफ्नो देश र जनताको सुरक्षा गर्ने जिम्मेवारी निर्वाह गर्न तालिमले पर्याप्त क्षमता विकसित गरेको विश्वास व्यक्त गरे ।

नेपाली सेनाका ५३, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभागका एक÷एक तथा भारत, पाकिस्तान, कनाइजेरिया, केन्या, मालदिभ्स र दक्षिण कोरियाका एक-एकजनासहित जम्मा ६२ शिक्षार्थी अधिकृतले तालिम पूरा गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालये जनाएको छ ।

विसं २०४९ मा स्थापित उक्त कलेजबाट हालसम्म नेपाली सेनाका एक हजार एक सय ७३, नेपाल प्रहरीका १५, सशस्त्र प्रहरी बल नेपालका २७, राष्ट्रिय अनुसन्धान विभागका १८, रक्षा मन्त्रालयका एक र विभिन्न राष्ट्रका एक सय १४ गरी जम्मा एक हजार तीन सय ४८ शिक्षार्थी अधिकृत प्रशिक्षित भइसकेका छन् ।

कार्यक्रममा शोधपत्रतर्फ सेनानी उज्ज्वल खड्का र केन्याका  ओस्कर एमवीता ओमाहे तथा समग्र तालिममा उत्कृष्ट हुने सह-सेनानी राकेश बस्नेतलाई प्रधानसेनापति शर्मा र उपकुलपति बरालले पुरस्कार प्रदान गरे । विदेशीतर्फ भारतीय सेनाका सेनानी रमेश सङगवान उत्कृष्ट भए । कमान्डेन्टस् पेपरतर्फ प्रथम विद्यार्थीलाई शिक्षाधिकृत उपरथी बाबुराम श्रेष्ठले पुरस्कार प्रदान गरे।

प्रतिक्रिया दिनुहोस