७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला प्रिमियर लिग : दिल्ली क्यापिटल्सको शानदार जित

अ+ अ-

काठमाडौँ ।  महिला प्रिमियर लिग (डब्ल्यूपीएल)मा दिल्ली क्यापिटल्सले शानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा दिल्लीले युपी वारियसलाई ९ विकेटले पराजित गरेको हो ।

बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा पहिले ब्याटिङ गरेको युपीको टोलीले ९ विकेट गुमाएर ११९ रन बनाएको थियो । दिल्ली क्यापिटल्सले १२० रनको लक्ष्य १ विकेटको क्षतिमा सहजै पुरा गर्न सफल भयो ।

दिल्ली क्यापिटल्सले प्रतियोगितामा पहिलो जित हात पारेको छ भने युपीको यो लगातार दोस्रो हार हो । खेलको सुरुमा दिल्लीकी कप्तान मेग ल्यानिङले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी थिइन् । 

युपीको सुरुवात निकै खराब रह्यो र पहिलो ३ विकेट १६ रनमा मात्रै खसेको थियो । जसमा वृन्दा दिनेश शून्य, ताहिला म्याकग्रा १ र कप्तान एलिसा हिली १३ रन बनाएर पभेलियन फर्किएका थिए । 

मिडल अर्डरमा आएकी ग्रेस ह्यारिसले १७ रनको छोटो इनिङ खेलिन् तर उनी पनि राधा यादवको स्पिनमा फस्न पुगिन । ५ नम्बरमा ब्याटिङ गर्न आएकी श्वेता सेहरावतले सर्वाधिक ४५ रन बनाएर युपीको स्कोर १०० भन्दा माथि पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएकी थिइन् । 

दिल्लीका लागि राधा यादवले सर्वाधिक ४ विकेट र मरिज्ने क्यापले ३ विकेट लिइन् । १२० रनको लक्ष्यको जवाफमा दिल्लीको टोलीका ओपनिङ ब्याट्सम्यानले एकतर्फी जित दिलाए । कप्तान मेग ल्यानिङ र शेफाली वर्माले ११९ रनको साझेदारी गरे । 

मेग लानिङले ४३ बलमा ६ चौका सहित ५१ रनको महत्त्वपूर्ण इनिङ खेले भने अर्को छेउमा शेफाली वर्माले पनि तुफानी पारि खेलिन् । शेफालीले ४३ बलमा ६४ रन बनाएकी छिन् भने आफ्नो इनिङ्समा ६ चौका र ४ छक्का प्रहार गरिन् ।

जेमिमाह रोड्रिग्सले अन्तिममा आएर चौका प्रहार गर्दै दिल्लीलाई प्रतियोगिताको पहिलो जित दिलाइन् । युपीले दिल्लीविरुद्ध लिएको एकमात्र विकेट सोफी एक्लेस्टोनको नाउँमा रह्यो ।  

डब्ल्यूपीएल अन्तर्गत आज राति रोयल च्यालेन्जर्स बैंग्लोर र गुजरात जायन्ट्स आमने सामने हुने छन् । यो खेल राति पौने ८ बजे सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस