८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरियाको चेओरवन शहरसँग भगिनी सम्बन्ध जोड्दै ललितपुर महानगर

अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकासँग दक्षिण कोरियाको चेओरवन शहरले मीत लगाउने वाचा गरेको छ । मंगलबार ललितपुर महानगर आइपुगेका त्यहाँका मेयर ली ह्युन जोङसहितको प्रतिनिधिमण्डलले आगामी भ्रमणमा ललितपुरसँग भगिनी सम्बन्ध कायम गर्ने गरी आउने बताएका हुन् ।

ललितपुर महानगरको निमन्त्रणामा ललितपुरका अभ्यासहरू हेर्न चेओरवन सहरका मेयरसहितको प्रतिनिधिमण्डल आएको हो । चेओरवनका मेयर जोङले ललितपुरको कला, संस्कृति र सम्पदाबाट आफू प्रभावित भएको बताए । उनले काष्ठकला, धातुकला र ढुंगामा चित्र खोपेर व्यक्त गरिने कला धेरै राम्रो लागेको बताए ।

कोरियाको चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्न यो भ्रमण महत्त्वपूर्ण हुने उनले बताए । यसमा समझदारी पत्रमा हस्ताक्षर गरेर अघि बढ्ने बताए । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्न गरिएको यो भ्रमण महत्त्वपूर्ण हुने बताए ।

चेओरवन सहरका केही असल अभ्यास ललितपुरले अनुशरण गर्दै कार्यान्वयन गर्ने तयारी गरेको महर्जनले बताए । महर्जन गत असोजमा कोरिया गएका थिए । चेओरवन मेयर जोङले आफ्नो सहरमा ललितपुर प्रमुख सहितको टिमलाई निम्ता दिँदै कोरियामै भगिनी सम्बन्ध कायम गर्न समझदारीपत्रमा हस्ताक्षर गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस