काठमाडौँ । नेपाल धितोपत्र बोर्डको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ ।
बोर्डको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस समितिले आज एक सूचना जारी गर्दै खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।
समितिले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट गोप्य खामबन्दी आवेदन माग गरेको छ ।
इच्छुक नागरिकले आज फागुन १६ गतेदेखि १५ दिन भित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरवार, काठमाडौँमा आवेदन दिनुपर्नेछ ।
हेर्नुस् सूचना:
