९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराजको ‘१२ गाउँ’मा न्यान्सी अनुबन्धित

अ+ अ-

काठमाडौँ । अभिनेता विराज भट्टको निर्माण र निर्देशन रहने फिल्म ‘१२ गाउँ’मा अभिनेत्रीका रूपमा ‘मिस नेपाल इन्टरनेसनल २०२२’ विजेता न्यान्सी खड्का अनुबन्धित भएकी छन् । न्यान्सीको यो ‘डेब्यू’ फिल्म हुनेछ ।

निर्देशक विराजले न्यान्सीलाई स्क्रिप्ट सुनाएपछि उनी फिल्ममा काम गर्न सहमत भएको बताए । ‘स्क्रिप्टले खोजेकै मात्र न्यान्सीमा पायौं । उहाँलाई प्रस्ताव गरेपछि फिल्ममा काम गर्न सहमत हुनुभयो’, विराजले भने ।

विराटनगर घर भएकी न्यान्सी गायक सुमित खड्काकी छोरी हुन् । उनी व्यावसायिक मोडल पनि हुन् । न्यान्सीले आमसञ्चार विषयमा अमेरिकाबाट स्नातक गरेकी छन् ।

मानसिक स्वास्थ्यमा जनचेतना फैलाउने काममा सक्रिय न्यान्सीले केही समय अघि जापानमा भएको ‘मिस इन्टरनेसनल‘मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

विराजले ‘१२ गाउँ’ बाट छोरा समीर भट्टलाई पनि डेब्यू गराउँदैछन् । आगामी चैत १५ गतेबाट छायाङ्कनमा जाने फिल्मको हाल प्रिप्रोडक्सनको काम भइरहेको छ ।

सन्तोष सरकारको कथा तथा पटकथा रहने फिल्ममा विराज नै प्रमुख भूमिकामा देखिनेछन् । फिल्म विराजको होम प्रोडक्सन कम्पनी विराज भट्ट फिल्मस् प्रोडक्सनबाट निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस