काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक पेटी खनेर अलपत्र पार्ने व्यक्तिलाई एक लाख रुपैयाँ जरिबाना तिराएको छ ।
काठमाडौँ महानगरपालिका-१३ का दीपककुमार कादमीयनलाई सडक पेटी भत्काएर अलपत्र अवस्थामै छाडेको पाइएपछि सो जरिबाना तिराइएको महानगरले जनाएको छ ।
महानगरले यस अगाडि फोहोर जथाभाबी फाल्ने, सडकपेटीमा सामग्री थुपार्नेलाई जरिबाना तिराउँदै आएको छ ।