८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युतीय व्यापार विधेयकमा जेल सजायको प्रावधान नराख्न सुझाव

अ+ अ-

काठमाडौँ । विद्युतीय व्यापार विधेयकमा जेल सजायको प्रावधान नराख्न निजी क्षेत्रले सुझाव दिएका छन् ।

नेपाल उद्योग परिसंघ, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस् कम्पनीले विद्युतीय व्यापार विधेयकमा गरिनुपर्ने सुधार सम्बन्धी सुझाव सरकार र संसदीय समितिमा पेस गरेका हुन् ।

विधेयकमा दुई वर्षदेखि तीन वर्षसम्मको कैद सजाय र ३ देखि ५ लाख रुपैयाँसम्मको जरिबाना र दुवै सजाय हुन सक्ने प्रावधान समेटिएको छ ।

निजी क्षेत्रले वित्तीय कसुरमा जेल सजायको व्यवस्था गर्न उपयुक्त नहुने भन्दै जेल सजाय नराख्न सुझाव दिएको हो । निजी क्षेत्रले नगद जरिवानालाई मात्र निरन्तरता दिन भनेको छ ।

परिसंघसहित तीन संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र संसदीय शिक्षा, स्वास्थ्य तथा प्रविधि समिति सभापति भानुभक्त जोशीलाई छुट्टाछुट्टै भेट गरी प्रस्तावित विधेयकमा गरिनुपर्ने सुधार सम्बन्धी तीन महलेसहितको सुझाव पेस गरेका हुन् ।

निजी क्षेत्रले विद्युतीय व्यापारमा नेपाल सरकार वादी हुने प्रावधान झिक्न समेत सुझाव दिएका छन् । यस्तो व्यापारमा गम्भीर हानि नोक्सानी नगर्ने प्रकृतिको वित्तीय कसुर हुने भएकाले यस्तो कसुरलाई फौजदारी कसुरका रूपमा लिन नहुने निजी क्षेत्रको भनाइ छ ।

गम्भीर अपराध देखिने भएमा मुलुकी अपराध संहिता, उपभोक्ता संरक्षण ऐन जस्ता ऐनबाट समेत कारवाही गर्न सकिने भन्दै निजी क्षेत्रले यो प्रावधान आवश्यक नरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस