काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ८० प्रतिशत मुद्दामा सफलताको दर रहेको जानकारी दिएको छ । विभागका महानिर्देशक पुष्पराज शाहीले बिहीबार संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा यो जानकारी दिएका हुन् ।
शाहीका अनुसार हालसम्म सम्पत्ति शुद्धीकरण ७७ मुद्दा दायर भएको र ७ वटाले मात्रै सफाइ पाएको छ । अन्य ठहर सर्वोच्चबाट सफाइ पाएको वा आंशिक सफाइ पाएको समेतमा मुद्दा दायर भएको मध्ये ८० प्रतिशत सफलता दर छ ।
त्यसैगरी निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले राजस्व परिचालन सही ढंगमा नभएर निर्माण व्यवसायीले समस्या झेलिरहेको गुनासो गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले उद्योगी-व्यवसायीको आत्मशक्ति क्षीण भएको बताए ।