काठमाडौँ । साउदी अरबमा जारी वेस्ट एसियन फुटबल फेडेरेसन-वाफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि नेपालले केहीबेरमा जोर्डनको सामना गर्दैछ ।
फाइनलमा उत्रने नेपालको सुरुवाती-११ भने तय भएको छ। सेमिफाइनलमा लेबनानविरुद्ध उत्रिएकोभन्दा ३ खेलाडीहरू सुरुवाती टोलीमा परिवर्तन गरिएको छ ।
सावित्रा भण्डारीको अनुपस्थितीमा दीपा शाहीले अग्रपंक्तीको जिम्मेवारी पाएकी छन् । यस्तै अनिता बस्नेत र अनिता केसीको स्थानमा रश्मीकुमारी घिसिङ र सबिता मगरलाई समावेश गरिएको छ ।
प्रतियोगितामा सर्वाधिक ९ गोल गरेकी साम्बा व्यावसायिक फुटबलमा फर्कनु परेपछि फाइनल खेल्न असमर्थ भएकी थिइन् । उनले एकै खेलमा ५ सहित प्रतियोगिताको हरेक खेलमा गोल गरिरहेकी थिइन् ।
