काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत विपक्षी दलले उठाएका मागबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते संसद्मा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद् सचिवालयलाई शुक्रवार पत्र लेखेर २१ गतेको बैठकमा सम्बोधनका लागि समय मिलाउन आग्रह गरेको हो ।
शुक्रवारको बैठकमा सम्बोधन गर्ने तयारी रहे पनि काठमाडौँ बाहिर रहेकाले उपस्थित हुन नसकेको प्रधानमन्त्री कार्यालयको पत्रमा उल्लेख छ ।
विपक्षी दलले प्रधानमन्त्रीको जवाफ माग गर्दै संसद् अवरोधको चेतावनी दिएपछि सभामुख देवराज घिमिरेले शुक्रवार आगामी बैठकमा जवाफ दिन पुनः रुलिङ गरेका थिए ।
सम्बन्धित समाचार : फागुन २१ गतेको संसदमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
