७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोखामा खुल्यो कपडा बैंक, पुराना कपडा दिन र नयाँ कपडा लिन सकिने

अ+ अ-

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा कपडा बैंक खुलेको छ । पुराना कपडा दिन र नयाँ कपडा लिन सकिने गरी नगरपालिकामा शुक्रवारदेखि कपडा बैंक खुलेको हो ।

महानायक राजेश हमाल, नगरप्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बी.सी.ले कपडा बैंकको उद्घाटन गरे । मानव सेवाका लागि कपडा बैंक खोलिएको हो । यो कार्यक्रम सातै प्रदेशमा सुन हुन लागेको क्लोथ एन्ड फुड बैंक नेपालले जनाएको छ । 

बैंकमा प्रयोगमा नआएका र घरमा यतिकै रहिरहेका पुराना कपडा सङ्कलन गरी प्रशोधन गरेर आवश्यक पर्नेहरूका लागि निःशुल्क वितरण गरिने छ । आफ्नो घर, टोल र समाजलाई सफा राखौँ भन्ने नाराका साथ यो अभियान जारी रहेको क्लोथ एन्ड फुड बैंक नेपालका अध्यक्ष कमल जी.सी.ले बताए ।

कार्यक्रममा महानायक राजेश हमालले कपडा विहीनहरूलाई कपडा दिने अभियानमा सहभागी भएर पुण्य कमाउन सबैलाई आह्वान गरे । उनले भने, ‘कोही व्यक्तिले पनि लत्ताकपडाको अभावमा जीवन व्यक्तित्व गर्न नपरोस्, कसैको आङ नाङ्गो नरहोस् भन्ने उद्देश्यका साथ अघि बढेको यो अभियानमा जोसँग चाहिने भन्दा बढी लुगाफाटो छ, उहाँले आफ्नो लुगाफाटो सहयोग गर्न सक्नुहुन्छ ।’ 

कार्यक्रममा नगरप्रमुख अधिकारीले आफूलाई आवश्यक नभएको कपडा जम्मा गरेर कपडा नहुनेलाई सहयोग गरिदिन आग्रह गरे । असायहरुका लागि सहयोग गर्ने गरी सुरु भएको पुण्य कार्यमा सहभागी हुन पाउँदा खुसी लागेको उनले बताए ।

प्रमुख प्रशासकीय अधिकृत बी.सी.ले कपडा सङ्कलनका लागि नगरपालिका भित्र बक्स राखिने जानकारी दिए । नगरका विभिन्न स्थानका कपडा सङ्कलन बक्स राखिने र सङ्कलन भएका कपडाहरूलाई प्रशोधन गरेर आवश्यकताका आधारमा वितरण गरिने उनले जानकारी दिए । क्लोथ एन्ड फुड बैंक अध्यक्ष जी.सी.का अनुसार अहिलेसम्म यो अभियानका एक सय ५४ स्थानीय तह जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस